काठमाडौं । काठमाडौंमा जारी जय नेपाल कप टी-२० क्रिकेटमा पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बिहारले पूर्वाञ्चल विश्वविद्यालयलाई २१३ रनको विशाल लक्ष्य दिएको छ ।
बिहारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन जोड्यो । उसका लागि चन्द्र प्रकाशले ४९ बलमा ७१ रनको अर्धशतकीय पारी खेले । विशाल राजले १७ बलमा ४४ रनको विष्फोटक पाली खेल्दा आर्दश कुमारले ३२ तथा सचिन कुमारले २५ रन जोडे ।
बलिङतर्फ पूर्वाञ्चलका अनिलकुमार मण्डलले तीन तथा नितेश यादव, धिरज यादव र अभिषेक यादवले समान एक विकेट लिए । बिहारको यो दोस्रो खेल हो ।
प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन्।
समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन्।