Logo

प्रतिपक्षी दलहरुले सरकार परिवर्तनको कुनै योजना बनाएका छैनन्, सम्भावना पनि छैनः सोमप्रसाद पाण्डे (भिडिओसहित)



काठमाडौं, ९ माघ । नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले तत्काल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने सम्भावना नरहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकार प्रतिपक्षले चाहँदैमा नढल्ने बताएका हुन् ।

उनले आफूहरु वर्तमान सरकारको विरुद्धमा नरहेको पनि बताए । अहिले आफूहरुले प्रतिपक्ष र मोर्चामा पनि सरकार ढाल्ने विषयमा कुनै विचार विमर्श सुरु नगरेको बताए ।

‘हामी जे मोर्चा बनाएका छौं, हामीले जसरी धेरै कुराहरुलाई संयोजन गर्ने काम गरिरहेका छौं, त्यो सरकारको विरुद्धमा होईन । त्यो सरकार परिवर्तनको निम्ति होईन । अहिले प्रतिपक्ष मोर्चाले सरकार परिर्वतको सम्भावना र योजना बनिसकेको छैन । मोर्चा, प्रतिपक्षको हिसाबले हामीले छलफल चलाएका छौं, अहिलेसम्म सरकार परिवर्तनको निम्ति कुनै योजना बनेको छैन, सम्भावना पनि छैन,’– उनले भने ।

मुलुकको हितको निम्ति एकीकृत समाजवादीले मुलुक र जनताको हितमा आउने जुनसुकै विधेयकमा समर्थन गर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्