Logo

रविको थुनछेक आदेश भएन, आदेश लेख्दै श्रीमान !



काठमाडौं, ९ माघ । रूपन्देही अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान भएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार भैरहवा पुगेका थिए । जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा रविको बयान भएको हो । आज लामिछानेको बयान सकिएको र भोलिदेखिमात्रै थुनछेक बहस हुने बताइएको छ ।

लामिछानेको बयान सकिएको र थुनछेक बहस नभएका कारण उनलाई कहाँ पठाउने भन्नेबारेमा न्यायाधीशले आदेश लेखिरहेको सूचना अधिकारी अनन्तराज मरासिनीले रिपोर्टर्स नेपाललाई बताए । ‘बयान सकियो, थुनछेक बहस नभएको हुनाले कहाँ पठाउने भन्नेबारे श्रीमानले आदेश लेख्दै हुनुहुन्छ ?’ सूचना अधिकारी मरासिनीले भने ।

नारायण बहादुर पहराईसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको सो मुद्दामा रवि र रविना रिमालसमेत गरी २२ जना प्रतिवादी छन् । उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्