Logo

यूटर्न भए शेखर, कांग्रेस-एमालेसहितको गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने दाबी



काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् । आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामकारबाहीविरुद्ध यसअघि निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका शेखरलेवर्तमान सरकारले छ महिनाका अवधिमा काम गर्न नसक्नुलाई स्वाभाविक मान्नुपर्ने बताए । ‘छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन,’ उनले भने ।

संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताए ।

नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताए । यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्