Logo

देउवाले एकाएक किन गरे एमसीसीको प्रशंसा ?



काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो रहेको कुरा जनताले विस्तारै बुझ्दै गएको बताएका छन् । आज (बुधबार) पार्टीको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै देउवाले एमसीसी राम्रो रहेको कुरा नागरिकले अहिले बुझिरहेको बताएका हुन् ।

एमसिसी पास गराउन धेरै गाह्रो भएको स्मरण गर्दै उनले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताए । ‘धेरै ठूलो विरोध भयो । संसद्बाट पास गराउन धेरै गाह्रो परेको थियो । अहिले आएर सबैलाई थाहा भयो कि यो त साँच्चै राम्रो रहेछ भनेर । नेपाललाई फाइदा नै गरेको छ, हानी गरेको छैन । अनुदानमा आएको हो, ऋणमा आएको होईन । त्यसैले अहिले यसले फाइदा गरेको छ, राम्रो गरेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्