काठमाडौं । नेकपा एमालेबाट ६ महिनाका लागि निलम्बनमा परेकी नेतृ उषाकिरण तिम्सेनाले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई एमालेमा नआउन सुझाव दिएकी छन् ।
एमालेमा फर्किन खुट्टा उचालेर बसेका गौतमलाई उषाले नमागेको सुझाव भन्दै सूर्य चिह्नमा प्रत्येक चुनावमा भोट हाल्न र जिन्दगीलाई आफ्नै मर्जीमा चलाउन सुझाव दिएकी छन् ।
तिम्सेनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड वामदेव गौतमलाई नमागेको एउटा सुझावः सूर्य चिह्नमा प्रत्येक चुनावमा भोट हाल्ने र बुढेसकालतिर ढल्केको जिन्दगीलाई आफ्नै मर्जीमा चलाउने।’
हाल वामदेव नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक छन्। तर उनले एमालेमा फर्किने घोषणा गरेका छन् । यद्यपि एमालेमा आउने मिति भने टुंगिएको छैन् ।