Logo

टीयूमा लोकेशको धुँवादार ब्याटिङ, ५३ बलमै हिर्काए शतक, पूर्वाञ्चलले पायो २१२ रनको विशाल लक्ष्य



काठमाडौं । काठमाडौंमा जारी जय नेपाल कप टी-२० क्रिकेटमा पूर्वाञ्चल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडी लोकेश बमले फेरि अर्को शानदार प्रदर्शन गरेका छन् ।

त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको त्रिविले पूर्वाञ्चललाई २१२ रनको लक्ष्य दिँदा लोकेशले शतक प्रहार गरेका हुन् । उनले ५३ बलमा १०३ रन जोड्दै शतक पूरा गरेका हुन् । निर्धारित २० ओभरमा त्रिविले २ विकेट गुमाएर २११ रन जोड् सफल भयो ।

त्रिविका लागि लोकेशले १०३ तथा आइस भट्टराईले ८८ रन जोडे । ५७ बलको सामना गरेका उनले शानदार ब्याटिङ गरे । त्यस्तै भीम सार्की १६ रनमा नटआउट रहँदा खड्क बोहरा २ रनमा आउट भए । बलिङतर्फ पूर्वाञ्चलका धीरज यादवले २ विकेट लिए ।

प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा हुँदैछ।

समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन्।

समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन्।



प्रतिक्रिया दिनुहोस्