काठमाडौं । काठमाडौंमा जारी जय नेपाल कप टी-२० क्रिकेटमा पूर्वाञ्चल विश्वविद्यालयले ढाका विश्वविद्यालयबाट २३६ रनको विशाल लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको ढाकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रनको विशाल योगफल खडा गर्यो ।
ढकाका लागि दुई खेलाडीले अर्धशतक हिर्काए । ३७ बलको सामना गरेका मोह्मद आस्वीर रहमानले ९६ बलको विष्फोटक पारी खेल्दा सिफद सादिक खानले २३ बलमा ५० रन जोड्दै अर्धशतक पूरा गरे । त्यस्तै इफ्ताकिर हुसेनले ३८, महफिज्युल इस्लामले ३१ तथा साकिर साकिवले १८ रन जोडे ।
बलिङतर्फ पूर्वाञ्चलका नितेश यादव, धिरज यादव, अमितकुमार मण्डल र अभिषेक मण्डलले समान १ विकेट लिए । प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन्।
समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन्।