Logo

सहिद परिवारलाई प्रचण्डले भने, ‘हामीले जुन वर्ग,समुदायको निम्ति भनेर क्रान्ति गर्यौं, उनीहरुको मुद्दा कमजोर हुन दिँदैनौं’



काठमाडौं, ११ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले जुन वर्ग र समुदायको लागि भनेर क्रान्ति गरेको हो तिनीहरुको मुद्दा कामजोर बन्न नदिने बताएका छन् । आज (शुक्रबार) दाङको तुलसीपुर–८ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय माओवादीको जनतासँगको सम्बन्ध अलिकमजोर जस्तो देखिएपनि अब निरन्तर अन्तरक्रिया, संवाद र भेटघाटमा जोडिने बताए । उनले सहिद परिवार, वेपत्ता योद्धाका परिवार, घाइते, अपाङ्ग र आफ्नो वर्ग, समुदायतिर नै माओवादी फर्किने उनले प्रतिवद्धता व्यक्त गरे ।

‘अहिले हाम्रो पार्टीले जनतासँगको सम्बन्ध अली कमजोर हुन गयो । हामीले जुन वर्ग, जुन समुदायको निम्ति भनेर क्रान्ति गर्यौं, त्यो वर्ग र समुदाय, तिनीहरुको माग र मुद्दाहरु कमजोरजस्तो भएका छन् ।’ उनले भने, ‘अब त्यसलाई सच्याउनुपर्छ । सहिद परिवाससँगको हाम्रो संवाद, अन्तरक्रिया, भेटघाटलाई पनि बढाउनुपर्छ । वेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गलाई र हामीले हिजो क्रान्तिमा, जनयुद्दमा जुन वर्ग समुदायका माग लिएर अगाडि बढेका थियौं, ती समुदायतिर नै हामी फर्किनुपर्छ । हाम्रो वर्ग त्यही हो, हाम्रो समुदाय त्यही हो, हाम्रो पहिचान पनि त्यही हो भनेर हामीले एउटा संकल्प गरेका छौं ।’

साथै, प्रचण्डले आफू तेस्रो पटक पटक प्रधानमन्त्री हुँदा पहिला निर्णय गरिएको तर आधिकारिता प्राप्त नगरेको जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरेको बताए । राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गराउन धेरै मेहनत गर्नुपरेको उनले सुनाए । आफूलाई त्यसमा गर्व र सन्तुष्टि रहेको प्रचण्डले बताए ।

प्रचण्डसहितका नेताहरु आज दाङको तुलसीपुरस्थित सहिद परिवारको घरमा पुगेका थिए । सो क्रममाप्रचण्डसहित नेताहरुले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खाएका थिए । जनयुद्धकालमा भगवती चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो। हिजो (बिहीबार) प्रचण्डले बाँकेको नेपालगञ्जमा सहिद परिवारसँग भेटघाट र संवाद गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्