काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन २३ औँ राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले शुक्रवार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवार विश्वमणि थापा र महासचिवका उम्मेदवार गोविन्द बानियाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अब अध्यक्षका लागि उपदेश यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदिन पौडेल र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ ।
सर्वसम्मतीमा नेतृत्व चयन गर्ने प्रयास भएपनि सफल नभएपछि मंगलबार साँझ मनोनयन दर्ता गरिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकाक्षीलाई निवासमा बोलाएर छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि नेताहरुले प्यानल नै बलाएर उम्मेदवारी दिएको बताईएको छ । यसपटक प्रचण्डले आफू तटस्थ बस्ने र कसैलाई पनि समर्थन नगरेको बताएका छन् । यद्यपि अन्तिममा प्रचण्ड र उपमहासचिव जनार्दन शर्मानिकट विद्यार्थीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ। जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन्।
गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो।
यसलाई गत पुस १३ गते मतदानमार्फत ३२ वर्षे उमेर हद लगाउने नीति बहुमतले पास गरिएको थियो।
यस्तो छ अन्तिम नामावली