काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश ल्याउनु सरकारको संवैधानिक हक भएको जिकिर गरेका छन् । शनिबार एमालेको भातृ संगठन प्रेस चौतारी नेपाल मोरङको नवौं जिल्ला अिधवेशनको उद्घाटन गर्दै अध्यादेशको बचाउ गरेका हुन् ।
‘अध्यादेश ल्याउनु संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत दिन गरिएको काम हो, यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन, मुख्यमन्त्री कार्कीले भने, अध्यादेशले निरंकुशता हुन्छ भन्नु गलत हो। यो आरोप मात्र हो।´
कार्यक्रममा कार्कीले कोशी प्रदेशको आउँदो हिउँदे अधिवेशनले दुई दर्जन नयाँ ऐन बनाउने योजना रहेको पनि सुनाए । उनले तत्काल आवश्यक पर्ने ऐन निर्माणका लागि सबै दलहरुसँग छलफल गर्ने बताए ।
उनले २ दर्जनभन्दा बढी ऐन आउने र यो वर्ष सञ्चार प्रतिष्ठान ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि जनाए।