Logo

रास्वपालक्षित शंकर पोख्रेलको टिप्पणी: जान्नेलाई छान्ने नारा बोक्ने पार्टीले सहकारीको रकम कम्पनीमा सार्न पाईदैन भनेर जान्नु पर्दैन ?



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जान्नेलाई छान्ने नारा लगाउने दलले सहकारी रकम हिनामिना गर्न पाईदैन भनेर नजानेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै जान्नेलाई छान्ने भन्दै युवालाई भ्रममा पारिएको दाबी गरे ।

‘जान्नेलाई छान्नु पर्दछ । नारा राम्रो थियो । जान्नेलाई छान्ने । तर, सहकारीको रकम कम्पनीमा सार्न पाईदैन् भनेर पनि नजानेहरु परेछन् । सहकारीको रकम व्यक्तिगत हित र कम्पनीमा लान पाईंदैन भनेर जान्न पदैन ? । कुनै पनि संस्थाबाट ल्याएको रकम फिर्ता गर्ने सन्दर्भमा रकम फिर्ता गर्नुपर्छ भनेर थाहा हुनुपदैन ? अनि नारा चै जान्नेलाई छान्ने । अब युवाहरुले यो कुरा बुझ्नुपर्छ । युवालाई भ्रममा पार्न पाईदैन्’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्