Logo

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संस्थागत रूपमा अघि बढौः राप्रपा केन्द्रीय सदस्य हमाल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पद्धतिमा पार्टी सशक्त अगाडि बढ्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले विश्वको शासकीय स्वरुप अध्ययन गर्दा राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कतै नभएको तर राप्रपाले अगाडि सार्दा त्यो नयाँ प्रयोग हुने बताए । उनले पार्टीले यसमा संस्थागत धारणा निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

किरणले नेपाल भूराराजनीतिको गम्भीर चपेटामा फस्ने खतरामा रहेको भन्दै केन्द्रीय कार्यसमितिको ध्यानाकर्षणसमेत गराए । पार्टीका संसदहरुले हाउसमा जनताका मुद्दालाई गम्भीरतापूर्वक र एकदमै आक्रमक तवरले राख्नुपर्नेमा उनको जोड छ ।

उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका आलोचना नगर्नसमेत आग्रह गरे । रास्वपा सभापतिदेखि अन्य शीर्ष पार्टीका अध्यक्षहरू बिभिन्न प्रकरणमा मुछिएको तर राप्रपा अध्यक्ष लिङ्देनको स्वच्छ छवि भएकोले समेत आफूहरुलाई जनतामा जान सहज रहेको कुरालाई सबैले मनन गर्न उनले आग्रह गरे ।

नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० मुनिका युवाहरूलाई केन्द्रीय कार्यक्रम ल्याउने नीति अन्तर्गत केन्द्रीय समितिमा पुगेका किरणले पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा भाग लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्