Logo

रवि लामिछानेले गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको रास्वपा नेतृको खुलासा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सभापति रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेको एक जना व्यक्तिलाई उन्मुक्ति दिएको खुलासा गरेकी छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापत रवि लामिछानेलक्षित अभिव्यक्ति दिएका थिए । बस्नेतलाई लक्षित गर्दै ज्वालाले सो स्टाटस् शनिबार साँझ लेखेकी थिईन् ।

संग्रौलाले सुरुमा लेखेको स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखिन्। उनको नयाँ स्टाटसमा भनिएको छ, “एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।”

पूर्व मन्त्रीसमेत रहेका एमाले नेता बस्नेतमाथि एमालेकै पूर्व नेतृले बलात्कारको आरोप लगाउँदै आएकी छन् । बस्नेतलाई कारबाही गर्न माग गर्दै माईतीघर मण्डलामा धर्ना बसिरहने उनै नेतृको समर्थनमा उभिएकी ज्वालाले बस्नेतलाई रवि गृहमन्त्री हुँदा जोगाएको र मुद्दा नचलाएको भन्दै स्टाटस् लेखेपछि अहिले रास्वपामा तरंग छाएको छ ।



प्रतिक्रिया दिनुहोस्