Logo

रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने



काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासमा रविका तर्फबाट केही कानून व्यवसायी र बादीका तर्फबाट जवाफी बहस भएको थियो ।

रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरेका थिए । थुनछेक बहस सकिएको र अहिले न्यायाधीश आदेशको तयारी गरिहेका छन् । न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्