Logo

०८४ अघि प्रधानमन्त्री नै पाएपनि राजेन्द्र लिङ्देन सत्तामा नजाने, झापा-३ मा एमालेविनै चुनाव लड्ने उद्घोष



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको समापन गर्दै राप्रपाले सरकार असफल भएको निष्कर्ष निकालेको हो ।

आइतबार साँझ राप्रपाले निकालेको विज्ञप्तिमा सरकार पूर्णरुपमा असफल भएको उल्लेख छ । मुलुकभित्र पर्याप्त रोजगारी सिर्जन गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तीव्रता दिने काममा सरकार पूर्णतः असफल भएको छ । भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक र उदेकलाग्दो छ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आफ्नो कुनै पनि गुट नरहेको जिकिर गरेका छन् । आइतबार बैठक समापन पछि आयोजित्र पत्रकारसँग कुराकानी गर्दै उनले आफूको सबैको साझा भएको बताए । ‘पार्टीमा मेरो कुनै पक्ष छैन । अध्यक्षको कुनै पक्ष हुँदैन ’ उनले भने ।

लिङ्देनले ०८४ सालको निर्वाचन अघि आफूले प्रधानमन्त्रीनै पाएपनि सत्तामा नजाने प्रष्ट पारेका छन् । राप्रपा सरकारमा जानसक्ने तर,आफू नजाने उनको भनाइ छ । ‘यो पाँच वर्ष म चाहिँ सरकारमा जान्न । साथीहरु जान सक्लान् तर म जान्न । पार्टीले निर्णय गर्यो भने जाने भन्ने ठाउँ पनि राख्दिन । म कुनै पनि हालतमा मन्त्री बन्दिनँ । प्रधानमन्त्री पाए त खाने होला भन्ने कुरा आउला । म यो पाँच वर्ष प्रधानमन्त्री नै पाए पनि खान्न’ उनले भने ।

०७४ र ०७९ सालको प्रतिनिधि सभामा नेकपा एमालेसँग गठबन्धन गरेर झापा ३ बाट चुनाव जितेका लिङ्देनले अर्को चुनाव एमालेसँग नमिली लड्ने उद्घोष गरेका छन् । ‘झापा जिल्लाको मेरो निर्वाचन क्षेत्रमा म होस, अर्कोलाई उठाएर होस कुनै पार्टीसँग नमिलिकन चुनाव जितेर आउने छौं । यो रेकर्डमा रहोस् ।’उनले भने ।



प्रतिक्रिया दिनुहोस्