Logo

राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग सभामुख घिमिरेको छलफल सुरु



काठमाडों । संसद्को हिउँदे अधिवेशन अघि सभामुख देवराज घिमिरेले राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतक सँग छलफल गरेका छन् । सोमबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल जारी छ ।

छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतकलाई बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचतेकहरु सहभागी छन् ।

आइतबार सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनअघि सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल जारी राखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्