काठमाडौं । काठमाडौंमा जारी जय नेपाल कप क्रिकेटमा भारतको लखनउ विश्वविद्यालय फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा वंगलादेशको ढाका विश्वविद्यालयलाई ७ विकेटले पाखा लगाउँदै लखनउले फाइनल यात्रा तय गरेको हो ।
ढाकाले दिएको १८० रनको लक्ष्य लखनउले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि यस भारदन्सले सर्वाधिक ८२ तथा मानक कन्डपालले ५९ रन जोडे । आदित्य प्रतापले १८ रन जोडेको खेलमा ओमकार सिंहले १४ रन थपे ।
बलिङतर्फ ढाकाका सहरिक साकिवले दुई तथा महफिज स्लामले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको ढाकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७९ रन जोडेका थियो । उसका लागि इफ्ताकार हसिनले ९५ तथा सिफत सादिक खानले ५९ र जोन फिर्दोसले १५ रन जोडे ।
८ टोली सहभागी रहको प्रतियोगीतामा समूह बी बाट ढाका र लखनउ तथा समूह ए बाट त्रिभुवन र मध्यपश्चिम विश्वविद्यालय सेमिफाइनलमा पुगेका छन् । मध्यपश्चिम र त्रिविले पनि आजै दोस्रो खेल खेल्नेछन् । फाइनल खेल भोलि हुनेछ ।