Logo

दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी



काठमाडौं, १४ माघ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गर्ने तयारी थालेको छ । चितवनको सहारा सहकारी ठगीमा लामिछाने जोडिएका छन् । लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने अन्तिम तयारी भइसकेको बताइएको छ ।

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा एक करोड धरौटी बुझाएर लामिछाने हिजोमात्रै रिहा भएका थिए । यसअघि कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी तिरेर लामिछाने रिहा भएका थिए । सहकारी ठगी प्रकरणमा लामिछानेले हालसम्म २ करोड २५ लाख धरौटी बुझाइसकेका छन् । उनले धरौटी स्वरुप प्रभु बैंकले दिएको जमानत (बैंक ग्यारेन्टी) पेश गरेका छन् ।

चितवन लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, कुमार रम्तेललगायतलाई प्रतिवादी बनाइएको छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन सञ्चालक हुन् ।



प्रतिक्रिया दिनुहोस्