काठमाडौं । रुपन्देही अदालतबाट सुप्रिम सहकारी ठगी प्रकरणमा एक करोड धरौटी तिरेर छुटेका रास्वपाका सभापति रवि लामिछाने रातारात पोखरा पुगेका छन् । उनी हिजो राती नै बुटवलबाट पोखराका लागि प्रस्थान गरेका थिए । लामिछानेलाई आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद योगीको इजलासले एक कारोड धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशपछि वैंक ग्यारेन्टी बुझाएर उनी छुटेका थिए ।
रातारात पोखरा पुगेका रविले जिल्ला अदालत कास्कीको आदेशविरु४ आज पुनरावेदन दिने तयारी गरेका छन् । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी मागेको थियो । सो आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा रिट हाल्न लागेका हुन् । उनले रिटमा धरौटी माग्ने अदालतको आदेश बदर गरेर साधारण तारेखमा छाड्नेपर्ने माग गर्ने भएका छन् ।
कास्कीपछि रवि उच्च अदालत तुलसीपुर र उच्च अदालत पाटन पनि जाने छन् । काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा छुटेका उनी काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन र रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुर जान लागेका हुन् ।