Logo

तयार भयो माघ महिनाको संसदीय क्यालेन्डर, ७ दिन बैठक बस्ने



काठमाडौं । प्रतिनिधि सभाको यस महिनाभरी बस्ने बैठकको संसदीय क्यालेन्डर तय भएको छ । आज बसेको प्रमुख दलका प्रमुख सचेतक र सभामुख देवराज घिमिरेबीचको छलफलमा यस महिनाभरी बस्ने संसदीय समिति र सदनको बैठकको दिन टुंगो लगाईएको हो ।

माघ १८ गतेबाट सुरु हुने बैठक ३० माघसम्म ७ दिन बस्ने भएको छ । पहिलो बैठक १८ गते बसेपछि २२ गते अर्को बैठक बस्नेछ । सो बैठकमा हालै सरकारले ल्याएका ५ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनेछ ।

माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिकाे बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्