काठमाडौं, १४ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सकृय राजनीतिमा फर्किने अहिले समय नआइसकेको बताएकी छन् । आज (सोमबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले देशको राष्ट्रियता, स्थायित्व र प्रगतिमा आफ्नो गहिरो चासो रहेको बताईन् ।
उनले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने संकेतसमेत गरिन् । राजनीतिमा चासो राख्ने व्यक्तिहरुले आफूलाई एमालेमा फर्किएको हेर्न चाहेको र छलफल चलाएको भएपनि आफू त्यो चरणमा प्रवेश गरिनसकेको र अहिले समय पनि आइनसकेको उनको भनाइ थियो ।
‘म एमालेबाट यो ठाउँमा पुग्नाले अब जाँदा त्यहीँ नै कुरा हुन्छ । राजनीतिमा चासो राख्ने साथीभाइहरूबीच छलफल भएजस्तो मलाई लाग्छ। मेरो छलफल भइसकेको छैन, समय पनि आइसकेको छैन,’– उनले भनिन् । File Photo/RN