Logo

चन्द्रागिरी-२ वडा अध्यक्ष भ्रष्टाचारी ठहर, ६ महिना कैद सजाय



काठमाडौं, १५ माघ । चन्द्रागिरी नगरपालिका–२ का वडा अध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले तामाङलाई घुस मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अध्यक्ष तामाङलाई दोषी ठहर गर्दै ६ महिना कैद र चार लाख रुपैयाँ जरिवाना सजाय सुनाएको हो ।

सो मुद्दामा जोडिएको विचौलिया ध्रुबबहादुर कडायतलाई पनि अदालतले दोषी ठहर गर्दै ६ महिना कैद र चार लाख रुपैयाँ जरिवाना गरेको छ । कडायतले घुसको तारतम्य मिलाएका थिए ।

वडा अध्यक्ष तामाङले ललितपुर उपमहानगरपालिका–२२ बाट उद्योग चन्द्रागिरीमा सार्ने प्रयोजनका लागि व्यवसायी उर्मिला पाण्डेयसहितको टिमसँग उनले घुस लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्