काठमार्डौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको उपमहासचिवमा संस्थापन इतर समूहले बर्चस्व कायम राखेको छ । आज सकिएको महतगणना ९ उपमहासचिवमध्ये अधिकांश पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट भन्दा फरक व्यक्ति चुनिएका छन् ।
भौगोलिक ७ प्रदेश र गैर भौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिव मध्ये कोशी प्रदेशबाट विपिन पोखरेल ८३१, मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७ मत, बागमतीबाट निर्मला गौतम ८०३, गण्डकी प्रदेशबाट भगवान बास्तोला ७६९ मत, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी ६२८ मत, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी ६०४ मत र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट ३९९ मत सहित निर्वाचित निर्वाचित भएका छन् ।
त्यस्तै उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ ४०६ मत, विश्वविद्यालय प्रदेशबाट जटिल कार्की ६४८ निर्वाचित भएका छन् । उपत्यकाबाट निर्वाचित श्रेष्ठ पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट हुन भने अरु जनार्दन समूहका हुन् । यसअघि महासचिवमा पनि जनार्दन समूहका रोशन थापामगर तथा कोषाध्यक्षमा शर्मा प्यानलकै फूलमाया मगर निर्वाचित भएकी थिईन् ।
अब उपाध्यक्ष र अध्यक्ष पदको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सापकोटा ४८१ र राईले ४६१ मत ल्याएका छन्। क्रान्तिकारीको अध्यक्षका लागि विजयप्रकाश सापकोटा र हेमन्त राईसहित सुदीन पौडेल र अवदेश यादवले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्षमा भिडिरहेका सापकोटालाई माओवादी नेतृत्वको समर्थन रहेको बताईएको छ । सापकोटालाई उपमहासचिव शक्ति बस्नेतले उम्मेदवार बनाएका हुन् । उनलाई पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले साथ दिएका छन् ।
यता पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माको साथ छ । उनलाई हालै उमेरहद लागू भएर बाहिरिएका केही नेताले साथ दिएका छन् । हेडक्वाटरको समर्थन पाएका सापकोटा र संस्थापनइतर समूहका शर्माले उठाएका उम्मेदवार राईबीचको भिडन्तलाई रोचक रुपमा लिईएको छ ।