काठमाडौं । काठमाडौंमा जारी एन्फा लिग महिला फुटबलको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले जितेको छ । आज भएको खेलमा नेपाल पुलिसमाथि ४-० को जित निकाल्दै उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।
एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।