Logo

संसद् अधिवेशनअघि विपक्षी दलको बैठक सिंहदरबारमा जारी



काठमाडौं । विपक्षी दलहरुको बैठक जारी छ । सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो ।

सिंहदरबारमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी छन् ।

शुक्रवारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको बारेमा विपक्षी दलहरूले आफ्ना धारणा एकसाथ राख्ने र समसामयिक राजनीतिका बारेमा छलफल गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्