Logo

सरकारले ३५ हजार सहकारी डुबाउने गरी अध्यादेश ल्याएको एमाले नेता तामाङको आरोप (भिडिओसहित)



काठमाडौं, १७ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अध्यादेशका कतिपय प्रावधानले सहकारीमा अंकुश लगाएको भन्दै आपत्ति जनाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले लगभग सय वटा सहकारीमा समस्या आयो भनेर ३५ हजार सहकारी डुबाउने गरी अध्यादेश आएको बताएका हुन् । उनले सहकारीका त्यस्ता प्रावधानहरु सच्याउन आवस्यक रहेको बताए ।

ग्रामिण भेगमा अर्थतन्त्र चलायमान बनाउने टुल्सको रुपमा सहकारी रहेको बताउँदै उनले सहकारीमाथि अंकुश लगाउनेगरी आएको त्यस्ता प्रावधानहरु सच्याउनुपर्ने आवस्यकता औंल्याए ।

‘अध्यादेशमा आएका केहीकेही जस्तो सहकारीसँग सम्बन्धित कुराहरु हामीलाई पनि गलत भयो कि भन्ने लागिरहेको छ । ग्रामिण भेगमा सहकारीहरुले राम्रो बचत चलाइरहेका छन् । त्यसलाई सीमा तोक्दिने कुराहरु । किन तोक्दिएको होला सीमा ? उसले सञ्चालन गर्न नपाउने ? गन्ने नै हो भने सय वटा जति सहकारीमा समस्या होला । सय वटा जति सहकारीमा समस्या भने भनेर ३५ हजार सहकारी सबै समस्या भयो भनेर डुबाउन मिल्छ ? अरु सहकारी त चलिरहेका छन् । ग्रामिण भेगमा अर्थतन्त्र चलायमान गर्ने टुल्सको रुपमा त्यही सहकारी छ । साना–साना बचत संकलन गरेर ग्रामिण भेगमा चलाइरहेका त्यस्ता सहकारीलाई समेत अंकुश लगाउने काम भएको छ । कतिपय प्रावधान सच्याउनुपर्ने देखिन्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्