काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो खेल अन्तर्गत नेदरल्याण्ड्ससँग भिडिरहेको नेपालले पहिलो ओभरमा नै सफलता पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाली महिला टिमका लागि कविता कुँवरले पहिलो ओभरको दोस्रो बलमा नै विकेट लिएकी छन् । उनले नेदरल्याण्डस्की फेवो मोलकेन्बोरलाई आउट गरेकी छन् ।
नेपालका लागि दुई खेलाडीले डेब्यू गर्दै छन् । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गर्न लागेका हुन् ।
एलिशा नेपालको यू-१९ विश्वकप टोलीमा थिइन् भने मनिषाले यसअघी यू-१९ टोलीबाट खेलेकी थिइन् । उनी भर्खरै सम्पन्न महिला पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडी समेत थिइन् ।