काठमाडौं, १७ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टीको विभिन्न बैठकहरुको एजेण्डा तय गर्न सचिवालय बैठक बसेको हो । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी रहेको हो ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, आसन्न स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारीलगायतका विषयमा छलफल भइरहेको छ। एकीकृत समाजवादीले आगामी माघ ३० गतेदेखि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।