Logo

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको हो ।  बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ ।

सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ । माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।

दलको बैठक अघि माओवादीले बिहान सिंहदरबारमा विपक्षी दलहरूको बैठक बोलाएको थियो । संसदमा साझा रूपमा सरकारको नराम्रो कामको विरोध गर्ने नीति विपक्षी दलहरूको छ ।



प्रतिक्रिया दिनुहोस्