काठमाडौं । मधेसवादी दलका बिचमा सहकार्य र मोर्चा बन्दीका लागि कार्यदलको बैठक जारी रहेको छ ।
सिंहदरबारमा बसेको बैठकमा मधेस केन्द्रित आठ वटा दलको सहभागिता रहेको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको आह्वानमा बसेको हो ।
बैठकमा जनता समाजवादी, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता उपस्थित छन् ।
बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्तिबाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेश चन्द्र लाल र विजय सिंह सहभागी छन्।