Logo

विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने शिक्षामन्त्रीको उद्घोष



काठमाडौं, १७ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने उद्घोष गरेकी छन् । आज (बिहीबार) नेकपा (एमाले) का भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो प्रदेश परिषद् बैठकलाई सम्बोधन गर्दै आफू शिक्षा ऐन ल्याउन भनेर नै पदमा बसेको बताएकी हुन् ।

आफू कुनै कुरा पाउँछु र कमाउँछु भनेर मन्त्री नबनेको उनको धारणा थियो । ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो। सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ,’– उनले भनिन् ।

साथै, आगामी आर्थिक वर्षका बजेटमा प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) र विद्यालय कर्मचारीको माग सम्बोधन गरिने र सबै समस्या समाधान गरिने उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्