Logo

प्रधानमन्त्री ओलीमा महेन्द्रवादी सोच देखियो, अध्यादेशमा हाम्रो दृष्टिकोण सकारात्मक छैनः मनिष सुमन



काठमाडौैं, १७ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीमा महेन्द्रवादी सोच हाबी भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) मधेशकेन्द्रीत दलहरुको संयुक्त बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीको कदमले मधेशी र आदिवासी जनजाति समुदायलाई उसको भूमिबाट विस्तापित गराउने बताए । उनले भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा आफूहरुको धाराणा सकारात्मक नरहेको बताए ।

बैठकमा अध्यादेशको बारेमा पनि निकै चर्चा चलेको उनले सुनाए । सरकारले पछिल्लो समय ल्याएको अध्यादेशमध्ये सबैभन्दा धेरै छलफल र आशंका भूमिसम्बन्धी अध्यादेशमा रहेको नेता सुमनले बताए । ‘यो महेन्द्रवादी सोचले मधेशी, आदिवासी जनजाति समुदायलाई उसकै भूमिबाट विस्तापित गरी आप्रवासनको नाममा फेरि अर्को एउटा महेन्द्रीय संरचना गठन गर्ने कुत्सित प्रयास छ । त्यसप्रति हाम्रो दृष्टिकोण नकारात्मक नै छ । विधेयकप्रति हाम्रो विचार सकारात्मक छैन,’– उनले भने ।

बैठकले सरकारको गतिविधिमा साझा धारणा बनाउन मधेशकेन्द्रीत आठ दलहरुको कार्यदल गठन गरेको छ । मधेशकेन्द्रीत ८ दलले सबै दलबाट १र१ जना हुने गरी कार्यदल बनाएका छन् ।

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, जसपा इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजी यादव र लोसपाबाट ब्रजेश सिंह रहेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्