काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने भएको छ । आज बसेको बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएपछि फेरि अर्को बैठक डाकिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘सांसदहरूले बोल्ने क्रम सकिएको छ । मन्त्रीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । २४ गते संसद्को बैठक बस्छ । त्यहिदिन बिहान बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ’, उनले भने, ‘आजको बैठकमा अध्यादेशको विषयमा सांसदहरूले कुरा उठाउनुभएको छ । ती बाहेक आफ्ना क्षेत्रका समस्याबारे कुरा उठेका छन्’ ।
आजको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री, पदाधिकारी र नेताहरूले बोलेका थिए ।