काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सांसद पदबाट निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख घिमिरेलाई भेटेर रविले आफ्नो सांसद पद निलम्बन फुकुवाको मा ग गरेका हुन् । उनले आफूविरुद्ध परेको मुद्दाबाट धरौटीमा रिहा भइसकेको हुँदा सांसद पदबाट निलम्बन गर्न नहुने माग राखेका छन् ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनै लाग्दा निलम्बन फुकुवाको माग लिएर रवि सिंहदरबार पुगेपछि सभामुखसँग नोकझोक चलेको छ । आजै आफ्नो सांसद पद निलम्बन हुनुपर्ने रविले अड्डी लिएपछि सभामुख झोक्किएका थिए । उनले रविविरुद्ध परेको मुद्दासमेत सम्झाएका छन् ।
“मैले कानुन, संसद् नियमावलीको आधार र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ,” सभामुखको भनाइ थियो । लामिछानेले सबै कुरा राखिसकेपछि सभामुखले प्रश्न गर्दै भने– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?”