Logo

सभामुख पेलेरै अघि बढेपछि रास्वपाले गर्‍यो संसद बहिष्कार



काठमाडौं । रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोधलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि रास्वाले १५ मिनेटका लागि बैठक बहिष्कार गरेको हो ।

तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याईएकोले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवालजवाफ चलेको थियो । रास्वपाका सांसदहरुको निरन्तरको अवरोधपछि पनि सभामुख घिमिरेले बैठक अघि बढाएका छन् । सभामुखले बैठक अघि बढाउँदै गर्दापनि रास्वपाका सांसदहरुले भने नाराबाजी गर्दै बैठकस्थल छाडेका हुन् ।



प्रतिक्रिया दिनुहोस्