
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारे भ्रष्टाचारीको संरक्षणमा मात्र ध्यान दिएको आरोप लगाएका छन् ।
आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ठूला दल मिलेर बनेको सरकारले जनताले डलिभरी दिनुको साटो भ्रष्टाचारीलाई उन्मुक्ति दिएको टिप्पणी गरे ।
‘सरकारको यो समय साढे ६ महिनाको अवधि निरासाजनक छ । हामी चाहान्छौं । कांग्रेस एमालेजस्तो मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । हामी विरोधमात्र गर्दैनौं । अपेक्षा पनि गर्छौं । सुधार गरोस् । तर, अहिलेसम्मको स्थिति हेर्दाखेरी यो सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा नै लागिरहेको छ’ उनले भने ।