
काठमाडौं, २० माघ । नेकपा (एमाले) का नेता डा.राजन भट्टराईले आगामी २०८४ को निर्वाचमा संविधान संशोधनको एजेण्डा लिएर जनताको माझ जाने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले संविधान संशोधनका लागि कांग्रेस–एमालेसँग स्पष्ट बहुमत नरहेको बताए । उनले प्रतिपक्षी दलहरुबीच सहमति नजुटेको खण्डमा २०८४ पछिमात्रै संविधान संशोधनको विषय अगाडि बढ्ने उनले बताए ।
‘संविधान संशोधन भनेको रातारात हुने कुरा होईन । संविधान संशोधनको कार्यदल बनेको छ । त्यसले विषयहरु हाम्राबीचमा पहिचान गर्छ । हाम्रो बीचमा छलफल भएर संयुक्त धारणा बन्छ । त्यो धारणा लिएर हामी विपक्षीसित छलफल गर्छौं । त्यो धारणा बोकेर हामी संसद्मा जान्छौं, जनताकोमा जान्छौं । सबैको मतबाट सर्वसम्मत हिसाबले सम्भव भए संविधान संशोधनको बाटोमा जान्छौं । सर्वसम्मत भएन भने संख्या पुग्नेस्थिति भयो भने गर्छौं । संख्या प्रतिनिधि सभामा पनि पुग्नुपर्छ, राष्ट्रिय सभामा पनि पुग्नुपर्छ । सहमत हुने पार्टीहरुलाई हामी त्यसमा कोशिस गर्छौं । सकेनौं भने हामी त्यो एजेण्डा बोकेर जनताको बीचमा २०८४ को चुनावमा जान्छौं,’– उनले भने । File Photo/RN