Logo

भोलि खुमल्टारमा बस्ने गरी माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित्



काठमाडौं, २० माघ । आज बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक स्थगित भएको छ । बैठक भोलि विहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बस्ने बताइएको छ । प्रचण्ड गृहजिल्ला चितवनमा ब्यस्त भएको कारण बैठक स्थगित गरिएको हो ।

आज विहान ११ बजेका लागि बोलाइएको बैठक पुनः २ बजेको लागि सारिएको थियो । नेताहरुको जिम्मेवारी हेरफेर, कार्यविभाजन सम्बन्धी प्रस्तावमाथि छलफल पदाधिकारी बैठकका मुख्य एजेण्डा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्