
काठमाडौं, २० माघ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा दामोदर खड्काको नाम अनुमोदन गरेको छ । न्याय परिषद्को सदस्यमा सिफारिस भएका खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको हो ।
खड्कालाई नेपाल बार एशोसिएशनले न्याय परिषद्को सदस्यमा सिफारिस गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार न्याय परिषदमा प्रधानन्यायाधीश, कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र प्रधानमन्त्रीको सिफारिसमा र नेपाल बार एशोसिएशनको सिफारिसमा एक÷एक जना सदस्य सिफारिस हुने व्यवस्था रहेको छ ।