Logo

होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने २४ जनासहित १ सय ४३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा



काठमाडौं, २९ फागुन । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाइ नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरी सवारी साधन चलाएका, स्वरुप चेन्ज भएका, स्पिडमा चलाइएका सवारी साधनलाई समेत नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा रहेका सवारी साधन चारपांग्रे ५ वटा, दुई पांग्रे १३८ वटा गरेर १ सय ४३ वटा रहेका छन् । ती सवारी साधन प्रक्रिया पूरा गरेर बेलुकासम्म सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइने बताइएको छ । त्यस्तै, प्रहरी नियन्त्रणमा रहेका २४ जनालाई पनि आजै आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।File Photo/RN



प्रतिक्रिया दिनुहोस्