
काठमाडौं, २ चैत । नेकपा (एमाले) निकट अनेरास्ववियुले देशभरका विभिन्न क्याम्पसमा तालाबन्दी गरेको कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ । अनेरास्ववियुले सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । त्यसैगरी, नवलपुरका १० वटा स्ववियु निर्वाचन हुने क्याम्पसमध्ये ९ वटामा एमालेनिकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।
एसपीएम कलेज गैडाकोट, जनक कलेज गैडाकोट, जनमुखी आदर्श बहुमुखी क्याम्पस गैडाकोट, देवचुली बहुमुखी कलेज रजहर, जनज्योती कलेज प्रगतिनगर, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती, मध्यबिन्दु बहुमुखी क्याम्पस कावासोती, नवजागरण बहुमुखी क्याम्पस चोरमारा, आरुङ्गखोला बहुमुखी क्याम्पस अरुणखोलामा उनीहरुले संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।
त्यसैगरी, पक्लिहवा कृषि क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा र राममणि बहुमुखी क्याम्पस, रुपन्देहीमा अनेरास्ववियुले तालाबन्दी गरेका छन् ।