Logo

ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्विर बोकेका राणा भारतमा, सरकारबाटै आफूमाथि खतरा रहेको दाबी (भिडिओसहित)



काठमाडौं, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वनेता प्रदीप विक्रम राणाले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग गरेर कुनै गल्ती नगरेको बताएका छन् । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौंबाट फर्किने क्रममा राजावादीहरुले निकालेको र्‍यालीमा योगी आदित्यनाथको तस्वीर प्रयोग भएको थियो । त्यो विषयलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लगायतका ठूला भनिएका राजनीतिक दलहरुले योगी आदित्यनाथको तस्वीर प्रयोग हुनुलाई घुसपैठ भनिरहेको छ ।

‘मैले योगी आदित्यनाथको तस्वीर बोक्नुको कारण भनेको उहाँलाई म महामानव मान्दछु । किनभने उहाँ हाम्रो नेपालमा बनाइने रथयात्रा, गोरखनाथको सम्बन्ध सिधा गएर भारतको गोरखनाथ मन्दिरसँग जोडिन्छ । त्यो भनेको हाम्रो देशबाट त्यहाँ प्रसाद चढाउने कार्यक्रम हुन्छ । मैले योगी आदित्यनाथको जुन तस्विर बोकेर हिँडेको छु । मैले गुरु गोरखनाथको प्रतीकको रुपमा उहाँलाई मान्दछु् ।नाथ समप्रदायको प्रमुख व्यक्ति भएको हुनाले मैले उहाँलाई एउटा व्यक्ति, राजनीतिज्ञको हिसाबमा नभए मैले भगवानको प्रतीकको रुपमा उहाँको पोस्टर बोकेको हो,’– आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

साथै, सरकारबाट आफूमा खतरा रहेको कारण अहिले नेपालमा नबसेर भारतमा पुगेको बताए । ‘नेपालमा अहिले भएको सरकार सनातनीविरुद्ध भएको हुनाले म नेपालमा अहिले बस्न नसकेको हो । राजसंस्थाको विरोधी यो सरकार भएको हुनाले म नेपालमा बस्न नसकेको हो,’– उनले भने, ‘म मित्र राष्ट्र भारतमा छु ।’



प्रतिक्रिया दिनुहोस्