Logo

एनआरएनएको महाधिवेशनका लागि निर्वाचन समिति गठन, प्रमुख निर्वाचन आयुक्तमा घिमिरे



काठमाडौं, ३ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको लागि उच्चस्तरीय तीन सदस्यीय निर्वाचन समिति गठन भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समिति गठन गरिएको हो ।

घिमिरे नेपाल बार एशोसिएशनको अध्यक्षसमेत हुन् । समितिका अन्य निर्वाचन आयुक्तहरुमा अधिवक्ता आशिष उप्रेती र सेवा निवृत्त मेजर डमर घले रहेका छन् ।

सर्वोच्चको परमादेशअनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३ देखि ५ तारिखमा काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ । एनआरएनए लामो समयदेखि विवादमा अल्झिएको थियो ।



प्रतिक्रिया दिनुहोस्