Logo

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने तागत एमाले-कांग्रेसमा छः दयाल बहादुर शाही (भिडिओसहित)



काठमाडौं, ४ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादीहरुको पछाडि लागेर चुमचुम गरेको खण्डमा निर्मल निवास र नागार्जुन दरबारलाई पनि संग्राहलय बनाइदिने चेतावनी दिएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई यहाँभन्दा ओभर नहुन चेतावनी दिएका हुन् ।

‘यहाँभन्दा बढी ओभर भयौं भने, अब राजावादीहरुको चुमचुमको पछाडि लाग्यौ भने अच्चम्म के नमान्नुहोला भन्दाखेरी नारायणहिटीमात्रै होईन, निर्मल निवास र नागार्जुन निवास दुवै संग्राहलय हुनसक्छ,’– उनले भने ।

राजतन्त्रजस्तो कालो युगमा नेपाली जनता फर्किन तयार नरहेको उनको दाबी छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने तागत एमाले–कांग्रेसले राख्ने उनको दाबी छ । ज्ञानेन्द्र र प्रचण्ड यही व्यवस्थामा बस्न नचाहेको खण्डमा उनीहरुलाई जेल कोचिनुको विकल्प नरहेको उनको भनाइ छ ।

‘अहिले ज्ञानेन्द्र आदित्यनाथ योगीका टाङमा छिरेर प्रचण्डले नसकेको अर्को नसकेको अर्को लेन्डुपदोर्जे म हुन्छु भन्छन् भने प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने तागत एमाले र कांग्रेसमा छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्