
काठमाडौं, ४ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको आधिकारिक उम्मेदवार भूपि ऐर नै रहेको बताएको छ । निर्वाचन समितिले सोधको प्रष्टीकरणको जवाफ दिँदै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सभापतिको आधिकारिक उम्मेदवार ऐर नै रहेको प्रष्ट पारेका हुन् ।
‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार सम्बन्धमा परेको दावी विरोध बारे प्रष्ट पार्न तहावाट लेखिएको पत्र प्राप्त भै अध्ययन गर्दा पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको नाममा पेश भएको पत्र आधिकारिक नभएको पाइएको र नेपाल विद्यार्थी संघको आधिकारिक समर्थन भुपी ऐर नेतृत्वमा दर्ता गरिएको प्यानललाई रहेको प्रष्ट पार्दछु,’– अध्यक्ष शेर्पाले पत्रमार्फत भनेका छन् ।
पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघबाट पूर्णिमाया परियार र भुपी ऐरको उम्मेदवारी परेको थियो ।