Logo

फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत



काठमाडौं, ४ फागुन । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले अराजक गतिविधि गर्ने निराजन बम पलाँतालाई पक्राउ गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पपुलारिटीको लागि विरोध गरेको टिप्पणी गरेका छन् । उनले यसलाई ‘प्रचण्डको पुरानै शैली’ भनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव बमले प्रचण्डको तस्विर जलाएका थिए । सोही घटनालाई लिएर प्रहरीले हिजो बमलाई पक्राउ गरेको थियो । बमलाई पक्राउ गरेसँग प्रचण्डले ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’ भनी आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

‘लोकतन्त्रमा स्वतन्त्रतालाई स्वीकार गरिन्छ। अराजकतालाई स्विकारिदैन । प्रचण्डको फोटो जलाएको विषयमा हिजो प्रहरीले सुरु गरेको कारबाहिलाई समर्थन गरिएको थियो। तर स्वयं प्रचण्डले पपुलारिटीको लागि त्यसको विरोध गरेछन् । यो प्रचण्डको पुरानै स्वभाव नै हो। आफ्नो फाइदाको लागि सबै खालका अतिवादी र अराजकतावादीहरुलाई समर्थन गर्छन् । हुन त उनको राजनैतिक ब्याकग्राउन्ड नै हत्या हिंसा र अपराधको जगको कथित जनयुद्धबाट शुरु भएको कारणले यो खालको शैली स्वभाविकै होला,’– नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्