
काठमाडौं, ५ चैत । गत आइतबारदेखि घट्न सुरु गरेको शेयर बजारमा आज पनि ७.६६ अंकले गिरावट आएको छ । आइतबार २१.६४ अंक र सोमबार १०.१४ अंकले शेयर बजार घटेको थियो । नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आइतबार ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोडमा झरेको थियो । आज ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँमात्रै कारोबार भएको छ । आज कुनै पनि शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।