
काठमाडौं, ५ चैत । थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन् ।उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्ववियु अध्यक्षको उम्मेदवार थिए ।
त्यस्तै, कोषाध्यक्षमा पनि नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् । स्ववियु सचिवमा भने अखिल (क्रान्तिकारी) का सिस उपाध्याय निर्वाचित भएका छन् ।