Logo

महानगरले हजार थान साइकल र सामान जफत गरेको भन्दै कवाड व्यवसायी समाज बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र



काठमाडौं, ७ चैत । कवाड व्यवसायी समाजले काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र साइकलमा कवाड संकलन गर्दै आएका कवाड संकलकहरुको साईकल र समान जफत गरेको भन्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापन पत्र बुझाएका छन् । आज (बिहीबार) काठमाडौंका प्रजिअ तिवारीलाई ज्ञापन पत्र बुझाउँदै कवाड व्यवसायी समाजले महानगरले कवाड संकलकहरुको साईकल र समान जफत गर्ने र साईकलमा कवाड संकलन गर्दै आएका संकलकलाई गाली गलौज कुट पिटर अभद्र व्यवहार गर्दै आएको बताएका छन् ।

महानगरले हालसम्म कवाड संकलकको एक हजार थान साईकल र समान जफत गरेको प्रजिअलाई जानकारी गराएको छ । जफत गरिएको सामान र साइकल फिर्ता नगरिए प्रतिकार गर्ने कवाड व्यवसायीहरुले चेतावनी दिएका छन् । महानगर प्रहरीका कारण संकलकहरुले आफ्नो रोजगारी गुमाउनु परेको र आफ्नो पेशा व्यवसाय गर्न पाउने हक हनन भएको कवाड व्यवसायी समाजले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्